तुलसीपुरमा बैंक चोरी गर्दै गरेका व्यक्ति पक्राउ

तुलसीपुरमा बैंक चोरी गर्दै गरेका व्यक्ति पक्राउ

सुदन पौडेल

दाङ, माघ १३ – दाङको तुलसीपुरमा बैंक चोरी गर्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-१८, दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई गएराति २:३० बजे एनएमबी बैंकको गेट तोडेर भित्र छिर्दै गर्दा नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार चौधरीले चोरीका लागि हतौडा, छिना, पिलास, ब्लेडजस्ता उपकरण प्रयोग गरेका थिए। प्रहरीले ती सामग्रीसहित चोरीमा प्रयोग भएको रा ५ प ९७९ नम्बरको स्कुटरलाई पनि नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।