इन्टर्याक्ट क्लब अफ गोरखाको पदस्थापन समारोह कृष्ण जन्माष्टमीको अवसरमा सम्पन्न

इन्टर्याक्ट क्लब अफ गोरखाको पदस्थापन समारोह कृष्ण जन्माष्टमीको अवसरमा सम्पन्न

आभाष पोख्रेल

तुल्सीपुर, श्रावण ३१ – इन्टर्याक्ट क्लब अफ गोरखाको वार्षिक पदस्थापन समारोह यस वर्ष कृष्ण जन्माष्टमीको पावन दिनमा भव्यरूपमा सम्पन्न भयो।

कार्यक्रम कृष्ण आरतीबाट सुरु भई दही खाने परम्परा र कृष्ण नाटकले सजिएको थियो। उपस्थित अतिथिहरूमध्ये जोनल इन्टर्याक्ट प्रतिनिधि, रोटरी क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक–अभिभावक र नगरका प्रतिष्ठित व्यक्तिहरू सहभागिता रहेको थियो। 

सो अवसरमा प्रवेश आचार्यलाई क्लबको अध्यक्ष पदमा जिम्मेवारी दिइयो। नयाँ कार्यकारिणीले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक सेवामा सक्रिय कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अतिथिहरूले क्लबको विगतका गतिविधिको प्रशंसा गर्दै नयाँ नेतृत्वमा अझ प्रभावकारी कामको अपेक्षा राखे। समारोह संस्कृति, एकता र सेवाभावको संगमका रूपमा स्मरणीय बनेको आयोजकहरूले जनाएका छन्।