प्रश्न नं १.के चाहन्छ्न् युवा ? 

प्रश्न नं १.के चाहन्छ्न् युवा ? 

प्रश्न नं १.के चाहन्छ्न् युवा ? 

मष्तिस्कमा सिर्जनात्मता , रचनात्मकता र पाखुरिमा उर्जाको खानी भएका भर्खर बालापनको चन्चलताले छाडेका जमातको समूह हो युवा। युवा शब्द आफैमा एउटा भावना,शक्ति,स्फुर्ती र साहस बोली रहेको छ। भनिन्छ नि केही कठिन काम फत्ते पार्न न्वारन देखिको बल लगाउनुपर्छ , हो त्यै बल सहजै खर्च गरेर सरल बनाउन सक्ने हिम्मत् र आट युवा वर्गमा हुन्छ।

आज युवा शक्ती र नेतृत्वको सवालमा अन्तरास्ट्रिय तवरको बृहत् छलफल हुँदै आईरहेको छ। विविन्न वैज्ञानिक आविष्कार,सामाजिक संजालमा नया खोज,ए आई प्रविधिको विकासमा युवा जोसिएका र होसिएका छन्। आजका शिक्षित युवाको नेतृत्वदायि भुमिकाको बारेमा कुरा गर्दा चाहिँ केही फरक मत रहला।

विश्व परिवेशमा हेर्ने हो भने युवापन र उमेर भित्रका युवा नेताहरु धेरै देशको प्रमुख नेतृत्व ओदामा रहेर जनहितका लागि सर्वोत्तम काम गरिरहेका छन् भने केही देशमा युवाहरु मुक्तिको आन्दोलन गरि रहेका छन्। आज चाहिँ हामी नेपालको चार किल्ला भित्रको कुरा गरौ।

टुक्रा टुक्रा परेको हाम्रो देशलाई एकीकरणको सुत्रमा बाध्न सुरुवात गरेका पृथ्वीनारायण शाह पनि युवा सोच र साहस लिएर अघि बढेका थिए। यो देशकोलागि वीर शहिदहरुले युवा अवस्थामा हासिहासी गलामा फाँसी लाउन तयार भएका थिए।

देशमा लोकतन्त्र स्थापना गर्न देखि आजको दिनसम्म आउदा युवाको योगदान र साहसको जती प्रशंसा गर्यो त्यति नै कम हुनेछ।
समयको माग सङ्गै अब त्यति बेलाका युवाहरुले नेतृत्व नया पिढिका युवालाई सुम्पने बेला आएर पनि केही ढिला भैइसकेको छ ।

अहिले नेपालको नेतृत्वदायी भुमिकामा एउटै अनुहार गोलचक्रमा जस्तै उस्तै समयमा देखा परि रहेका छन् तर जनहितका लागी माखो पनि नमारेको अवास युवा र जनताले गरेको छन्। आखिर किन ? उत्तर सोझो छ - उनिहरुमा युवापन छैन। भन्नूको मतलब देशलाई समुन्नत बनाउन,जनताको समस्याको समाधानको खातिर कुनै ठोस् नीति छैन । उनिहरुमा जोस् र होस् रित्ती सकेको छ ।

आजको पिढी , जसलाई Gen-Z Generation भनिन्छ उनिहरु केही पृथक चाहन्छ्न्। उनिहरुको आकाङ्क्षा केही बेग्लै पाराको छ। "शिक्षा र प्रविधी " अहिले दुई शब्द भएपनी एकार्काको पर्याय भैइ सकेका छन्। यी शब्द र भाव सङ्ग सबैभन्दा बढी यो पुस्ता नजिकिएको छ। 
आजको पुस्ता आफ्नो अध्ययन केही फरक तवरले गर्न चाहिरहेको छ । यो पुस्ताले प्रविधिमैत्री र सिपमुलक शिक्षा मात्र आजको आवश्यकता हो भन्ने संकेत दिएको छ । सिपमुलक निशुल्क शिक्षा,अनुसन्धानत्मक अध्ययन शैलिमा यो पिढी रमाउन् चाहन्छ। आफ्नो सीप राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा बेचेर स्वरोजगार हुने  वातावरण खोजिरहेका छन। आज नेपाली पाठ्यक्रमका यस्ता कयौ कुरा छन् जुन हामिले कम्प्युटर र सफ्टवेयर प्रयोग गरि सरल तरिकाले पढ्न र पढाउन सकिन्छ। त्यसबाट नेपाली विद्यार्थी वन्चित छन् जुन कुरा कार्यान्वन गर्न निकै सहज छ। यसैले त अन्तरास्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली विद्यार्थिको भुमिका कम्जोर देखिन्छ । तर सोही विद्यार्थी विदेशमा अध्ययन गर्दा अन्तर्राष्ट्रिय तवरमा ख्याती प्राप्त गर्छ। आखिर किन यस्तो हुन्छ। जवाफ सरल छ - हाम्रो शिक्षा नीति कमजोर छ। हाम्रो नेतृत्वकर्ता र शिक्षाविदमा इच्छाशक्ति र ज्ञानशक्तिको निकै अभाव छ।

यसैले युवाले समयानुकूल देश भित्रै आफुलाई अन्तर्राष्ट्रिय स्तरसम्म सक्षम बनाउन सक्ने शिक्षा नीति चाईरहेका छ।

अब दोश्रो कुरा गरौ खेलकुदको। प्राय खेलाडी भनेकै युवा हुन्छन। ती युवा खेलाडी भनेका राष्ट्रका गहना भनिन्छ्न् तर त्यै गहनामा खिया लगाउनबाट सरकार पछि हटेको छैन। 
खेलाडीलाई सम्मानको खाचो छ। त्यो सम्मान भनेको उनिहरुलाई उचित ( प्रविधियुक्त,अन्तर्राष्ट्रिय स्तरको ) खेल मैदान उपलब्ध गराएर , समयानुकुल तालिम दिएर,निशुल्क स्वास्थ्य उपचार गर्दिएर,आकर्षक तलब दिएर र पौष्टिक आहार दिएर मात्र हुन्छ। हाम्रो देश यहि नेर चुकेको छ र खेलप्रती धेरै युवाको चासो सेलाएको छ ।त्यसैले युवाले खेल क्षेत्रमा नया र दिगो परिवर्तन चाईरहेका छन्।कला क्षेत्रको कुरा गर्दा , नेपाली युवा कलाकारले राष्ट्रको अविभावक्त्व खोजी रहेका छन् । तमाम युवाले आफ्नो कला फस्ताउन सकेका छैनन् किनकी यहाँ उनिहरुलाई स्वतन्त्र अवसर छैन।
त्यसैले युवाले कला र संस्कृतिको क्षेत्रमा राज्यको अभिभारा र अवसर खोजीरहेका छन्। उनीहरुको नेपाली समाजबाट कलाको सम्मान र विशिष्ट स्थान चाईरहेका छन।

यस्ता धेरै क्षेत्र छन् जसमा युवाले सकारात्मक परिवर्तन खोजिरकेका छन्।
स्वास्थ्य क्षेत्र होस् वा यातायात होस वा डिजिटल बैकिङ सबैतिर।

अब कुरा गरौ भौतिक आवश्यकताको।आजको युवाले आफ्नो परम्परागत र आधुनिकताको मिश्रण ; विकासका कार्य र पुर्वाधारमा खोजिरकेका छन्। पक्की सडक,व्यवस्थित शहर,शिक्षित गाउको चहना यो युवा पिढिले गरेको छ ।
सडकमा हिड्ता प्यास लागे नजिकै शुद्ध पिउने पानी होस,फोहिर व्यवस्थापन गर्ने थलो होस अनि सफा र प्रविधिमैत्री सार्वजनिक शौचालय होस।यो सुविधा यो पिढिले देश भित्रै खोजेको छ। यी सबै कुरा संम्भव छ ,मात्र नीति र कार्यान्वनको कमि छ । त्यसको लागि युवा जोसको कमि छ। त्यसैले युवाले देशभित्र युवा नेतृत्व चाहेको छ।

युवाले केही दुई चार कुरा नचाहेका पनि छन्। युवाले देशमा बन्द,हड्ताल होस यो चाहदैनन्। देशमा धार्मिक विद्रोह होस् , यो चाहदैनन् । 
यो देशमा युवाले मात्र शान्ती,सकरात्मकता र भाईचारा चाहन्छन्।
यो समाजको सोचमा सकारात्मक परिवर्तन चाहन्छ्न।

माथी मीठो भाषामा लेखिएका कुरा सतप्रतिशत् संभव छ । यसको लागि हिम्मत चाहिन्छ। त्यो हिमम्त् युवासङ्ग हुन्छ।त्यसैले यो युवा पिढिले युवा नेतृत्वको आवश्यकता ठानेका छन् ।
त्यति मात्र होर यो युवा पिढिले अन्य देशसङ्ग नेपालको बलियो कुटनैतिक सम्बन्ध चाहेका छ्न।

यी सबैकुरा युवाले चाहदा केही कुरा युवाले आफैले आफैमा पनि परिवर्तन चाहेका छन। आजको युवावर्गको केही नराम्रो पक्ष पनि छ। त्यो भनेको कुनै कुरामा त्यसको अध्ययन नगरी राम्रो,नराम्रो पक्ष आकलन नगरि अन्धविश्वास गर्नु । त्यसैले आजको युवा अर्को युवाको वाधक नबनोस् यो कुरा पनि युवाले चाहिरहेका छन्।

समग्रहमा भन्नुपर्दा युवाले परिवर्तन चाहिरहेका छन् । कस्तो परिवर्तन भने सकारात्मक,सिर्जनात्मक,प्रविधिमैत्री ,दिगो विकासको अनि जनहितको।

यसैले युवा विचारको सम्मान गरौ । युवा पक्षको कुरा सुनौ। आफुमा असल युवाको गुण विकास गरौ र युवाले चाहेका हरेक कुरा संभव हुन्छ भन्ने आशाको दियो बालौ।

जय युवा। 

✍ रोशन शर्मा गौतम ( RSG )