लोकसेवा तयारी, कोडिंग, फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक्स डिजाइन तथा अन्य थुप्रै सीपमूलक प्रशिक्षण दिने उदेश्यले लोचन ई-क्लास संचलानमा
लोकसेवा तयारी, कोडिंग, फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक्स डिजाइन तथा अन्य थुप्रै सीपमूलक प्रशिक्षण दिने उदेश्यले लोचन ई-क्लास संचलानमा

लोकसेवा तयारी, कोडिंग, फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक्स डिजाइन तथा अन्य थुप्रै सीपमूलक प्रशिक्षण दिने उदेश्यले लोचन ई-क्लास संचलानमा ||
लोचन ई-क्लासका सन्धर्बमा युथ अफ दांगका पत्रकार सुदन पौडेलले लोचन टेक्नोलोजीका म्यानेजिंग डिरेक्टर तथा लोचन ई-क्लास का संचालक सन्देश आचार्य सँग गरेको कुराकानीको सम्पादित अंश :
लोचन ई-क्लास खोल्नुको मुख्य उदेश्य के हो नि ?
हामीले मुलत प्रबिधिमा आधारित शिक्षा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो | हामी प्रबिधि संगै काम गर्ने व्यक्ति भएकाले पनि आधुनिक प्रबिधिलाई नेपालका संधर्वमा पनि बिकाश गर्नु पर्छ भनेर हामीले लोचन ई-क्लास लाई सन्चालनमा लिएका हौ |
लोचन ई-क्लासमा भौतिक रुपमा अध्ययन गराउनुहुन्छ कि नाई त ?
हामीले भौतिक रुपमै अध्ययन गराउन नसक्ने त होइन, तर हामी आफै पनि प्रबिधि सँगै काम गर्ने भएकाले पनि डिजिटल रुपमै अध्ययन गराउनु खोजेका हौ | अनि अर्को कुरा, हामी प्रबिधि सँगै आघि बढ्ने कि पुरानै शिक्षा प्रणाली मै अल्झिने त ?, मैले तपाई सँगै तपाईको समाचार पढ्ने, सुन्ने,र हेर्ने पाठक, अभिभावक तथा अन्य विधार्थीहरुलाई प्रश्न गर्न चाहन्छु |
अनलाइन माध्यमबाट अध्यापन गराउदा तपाइहरुले धेरै नै चुनौती को सामना गर्नु पर्न सक्छ, यसलाई तपाईहरुले कसरी हेर्नुभएको छ?
एउटा अंग्रजी भनाइ छ नि " No Risk, No Gain " , जहाँ चुनौती हुदैन र चुनौती सामना गर्न सकीदैन भने किन सुरु गर्ने, एती चुनौती स्वीकार नगर्ने भय हामीले यसरी संचालननै गर्ने थियनौ |
तपाई आफै पनि नि अनलाइन मीडिया संचालक हुनुहुन्छ, तर तपाई पनि त भौतिक माध्यम, पत्र पत्रिका बाट समाचार सम्प्रेषण गर्न सक्नुहुनछ नि? किन अनलाइन मीडिया नै रोज्नु भयो त, किन भने तपाईलाई थाहा छ कि आजकल पत्र-पत्रिका पढ्ने मानिस कम छन् | हो हामी पनि त्यस्तै नै हो, अहिले हामीले सुरुवात गर्दै छौ अन्य पनि थपिदै छन्होला तर हामी आफ्नो विधार्थीहरुलाई गुणस्तरीय शिक्षण सामग्री सम्प्रेषण गर्ने कुरामा कुनै सम्झौता गर्दैनौ र गर्नेपनि छैनौं |
तपाईलाई म मेरो बारेमा एउटा उदाहरण दिन्छु, मलाई सानै उमेरमै कोडिंग सिक्ने रहर थियो, तर मैले नेपालमा कोडिंग सिकाउने कुनै पनि डिजिटल प्लटफर्म थियन, अनि मैले बिदेशी प्लटफर्महरु प्रयोग गरेर सिक्नुपर्ने बाध्येता थियो त्यही पनि अंग्रजी भाषामा जुन बुझ्न त्यतिबेला ग्राहो हुनेथियो , तर अहिले त हामीले नेपाली भाषामै कोडिंग सिकाउदै छौ त्यही पनि विधार्थीहरु आफुलाई अनुकुल पर्ने समयमा र आफ्नो औपचारिक शिक्षा सँगै सँगै |
त्यसैले डिजिटल प्रणाली अहिलेको अवस्थामा निकै नै सानधर्भिक छ जस्तो हामीलाई लागेर हामी डिजिटल प्रणालीमा आधारित सिकाई माध्यमको सुरुवात गरेका हौ |
अहिले कसरी प्रशिक्षेकको व्यवस्था गरिराख्नु भएको छ त ?
अहिले हामीले विभिन्न सरकारी, निजि, तथा अनुसन्धान सम्बन्धि कार्य गरेका र गरिराखेको प्रशिक्षेक द्वारा प्रशिक्षण दिराखेका छौं | यस बाहेक हाम्रो वेबसाइटमा राखेको प्रशिक्षेकको फारम आफैले भरेर पनि प्रशिक्षेक बन्न सक्नुहुन्छ तर यसका लागि तत्काललाई हामीले आफैले म्यानुअल्ली अन्तर्वाता लिएरै प्रशिक्षेकको छनोट गरिराखेको छौं | तर निकट भविष्यमा AI ले नै प्रशिक्षेकको छनोट गर्ने गरि हाम्रो सिस्टमलाई विकशित गर्दै जाने योजना हाम्रो छ | साथै हामीले AI बाट नै प्रशिक्षेकले बनाएको कन्टेन्ट को गुणस्तरमा निगरानी पनि गरिराखेका हुन्छौं र गुणस्तरहिन सामग्री भेटिय AI को सुझाब अनुसार प्रशिक्षेक लाई निलम्बित पनि गर्ने पनि गर्ने छौं, जसले गर्दा हामी गुणस्तरमा कति धेरै प्रतिबद छौं भन्ने पनि यसै बाट मूल्यांकन गर्न सक्नुहुन्छ |
प्रशिक्षेक को फारम को लागि यो लिंक बाट जानुहोस |