दाङको सरकारी विद्यालयमा एसईई प्रमाणपत्रका लागि ८ हजार शुल्क

२०८१ कार्तिक-५ : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको एक सरकारी विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेको प्रमाणपत्रका लागि प्रति विद्यार्थी ८ हजार रुपैयाँ शुल्क लीने गरेको पाइएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशान दाजु भट्टराईका अनुसार, यो निर्णय विद्यार्थी रोक्न र विद्यालय सञ्चालनमा सहयोग जुटाउन अभिभावक र सरोकारवालाको छलफलबाट गरिएको हो।
विद्यालयले विभिन्न समयमा उपमहानगरपालिकाबाट अनुदानको माग गर्दा मेयर नरूलाल चौधरीले ध्यान नदिएको र शिक्षक संगठनका विषयमा मात्र चासो दिएको आरोप पनि विद्यालय व्यवस्थापनले लगाएको छ। विद्यालयको आर्थिक संकटलाई ध्यानमा राखेर शुल्क बढाउनु परेको बताइएको छ।
अहिले विद्यालयका प्रधानाध्यापक नन्द वलीले विद्यालयको प्रशासन सम्हालिरहेका छन् र उनको कार्यकालमा शैक्षिक सुधारका संकेत देखिन थालेको व्यवस्थापन समिति अध्यक्ष भट्टराईले दाबी गरेका छन्। विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ र कुल ५४५ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा स्थायी शिक्षकहरूको संख्या कम भएको र राहत शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेकोले विद्यालयले आर्थिक दबाब सामना गर्नु परेको जनाइएको छ। केही दिन पहिला मेयर चौधरीले विद्यार्थीहरूबाट अस्वाभाविक शुल्क नलिन मौखिक निर्देशन दिए पनि विद्यालयले शुल्क लिने निर्णय यथावत् राखेको छ।