शान्ति निकेतनका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बिरामिलाई आर्थिक सहयोग

दाङ,फागुन १०। शान्ति निकेतन विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर उपचार सहयोग गरेका छन् । आर्थिक अभावका कारणउपचार गर्न नसकेका घोराही–५ का बलवीर बिकको उपचारका लागि विद्यार्थीहरुले सहयोग गरेका छन् ।
विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको असहाय कोषबाट बिकको उपचारका लागि १ हजार ५ रुपैयाँ सहयोग गरेको शान्तिनिकेतन विद्याल य जुनियर रेडक्रस सर्कलका कोषाध्यक्ष सन्दिप चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरुले खाजाखर्च कटाएर रेडक्रस सर्कलमा राहत कोष निर्माण गरेका छन् । त्यही कोषबाट असहायलाई सहयोग गर्ने गर्दछन् ।
घाँटीमा हड्डी पलाएर कान नसुन्ने भई अप्रेशन गर्नुपर्ने भएकाले उपचारसहयोग माग्न विद्यालय आउनुभएकी उहाँकी श्रीमतिलाई कोषाध्यक्षचौधरीले सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।