निरासिज फाउन्डेसनद्वारा बालिकालाई लुगा वितरण, उपप्रमुख योगीको विशेष उपस्थिति

निरासिज फाउन्डेसनद्वारा बालिकालाई लुगा वितरण, उपप्रमुख योगीको विशेष उपस्थिति

लमही, दाङ |
साउन १४: निरासिज फाउन्डेसन नेपालले लमही नगरपालिका– १ स्थित सोनपुर विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालिकाहरूलाई नयाँ लुगा सेट वितरण गरेको छ।

उक्त सहयोग कार्यक्रमले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्य लिएको संस्थाले जनाएको छ।

लुगा वितरण कार्यक्रमलाई विशेष बनाउनका लागि  लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी, निरासिज फाउन्डेसनका संस्थापक सिजन के.सी. र अध्यक्ष निर्मला चौधरीको उपस्थितिमा सम्पन्न भयो।

संस्थापक सिजन के.सी.ले भने, सानो उमेरका ती नानीहरूका अनुहारमा देखिएको मुस्कानले हामीलाई अझ मानवताप्रति समर्पित बनाएको छ। सेवा, सहानुभूति र माया बाँड्ने ऊर्जा यस कार्यक्रमले हामी सबैमा थपिदिएको छ।”

विधालय प्रशाशन र स्थानीय समुदायले पनि फाउन्डेसनको यस कार्यको खुलेर प्रशंसा गरेका थिए। फाउन्डेसनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत  शिक्षा, बाल अधिकार र सामाजिक उत्थानका क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।