भोलि सार्वजनिक विदा, शेयर बजार पनि बन्द

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । फागुन ७ गते, सोमबार प्रजातन्त्र दिवसका अवसरमा सरकारले विदा दिने भएको हो ।
गृह मन्त्रालयले जारी गरेको २०८०को विदाको सूची अनुसार सोमबार राष्ट्रिय प्रजातन्त्र दिवसकालागि सार्वजनिक विदा तोकिएको छ । जस अनुसार भोलि सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था देखि लिएर शैक्षिक संस्थाहरु पनि बन्द हुने भएका छन् ।
यसका साथै सोमबार शेयर बजार पनि बन्द हुने भएको छ । अब शेयर कारोबार मंगलबार मात्र खुल्नेछ।