नेपाल पुलिस स्कूल घोराहीको ४०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल पुलिस स्कूल घोराहीको ४०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

माघ २१ दाङ। नेपाल पुलिस स्कूल घोराहीले ४०औं वार्षिकोत्सव समारोह आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्की हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देहीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ ले गर्नुभएको थियो।

कार्यक्रममा करिब ८०० अभिभावक को उपस्थितिसहित विद्यार्थीहरूले आर्ट एण्ड क्राफ्ट, विज्ञान प्रदर्शनी, विविध नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर माहोल उल्लासमय बनाएका थिए।

विद्यालयका प्रधानाध्यापक नुमलाल पाण्डे ले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, विद्यालयका समादेशक प्रहरी निरीक्षक डिल्लीराज सापकोटाविद्यार्थी मेधावी बुढाथोकी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा वर्ष शिक्षक, वर्ष अभिभावक, वर्ष विद्यार्थी, र वर्ष प्रहरी लाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै, विद्यालयमा स्थापित विभिन्न अक्षयकोष बाट योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश खनाल ले गर्नुभएको थियो। विद्यालयको यो ऐतिहासिक क्षणमा उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी तथा विद्यालय परिवारलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।