सेवार खोलाको निर्माणाधीन पुल अलपत्र, निर्माण कार्य किन रोकियो ?

२२ माघ २०८१ दाङ: घोराही–तुलसीपुर राजमार्ग अन्तर्गत सेवार खोलामा निर्माणाधीन पुल बजेट अभावका कारण अलपत्र परेको छ। आवश्यक रकम निकासा नहुँदा ४५ दिनदेखि निर्माण कार्य ठप्प भएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका अनुसार पुलको ढलाइका लागि सम्पूर्ण तयारी पूरा भए पनि नेपाल सरकारले समयमा भुक्तानी नदिँदा सिमेन्ट खरिद गर्न नसकिएको बताएको छ। यो पुल २०८३ साल असार २९ गतेसम्म निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको छ। तर, समयमै बजेट उपलब्ध नभए निर्धारित मितिमा काम सक्न कठिन हुने निर्माण कम्पनीको भनाइ छ।
यस विषयमा सरकारले समयमा ध्यान नदिँदा स्थानीय बासिन्दा तथा यात्रुहरूले बर्षौ देखि समस्या भोग्नु परेको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक पहल गरि बजेट निकास गर्दिनुहुन निर्माण कम्पनीले आग्रह गरेका छन्।