दाङमा दुईसय परीक्षार्थीको मोवाइल प्रहरीको नियन्त्रणमा

दाङमा दुईसय परीक्षार्थीको मोवाइल प्रहरीको नियन्त्रणमा

घोराही २०८१ बैशाख/१४ । दाङमा दुई सय परीक्षार्थीको साथबाट प्रहरीले मोवाइल फोन नियन्त्रणमा लिएको छ। आजदेखि सुरु कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरुबाट उक्त संख्यामा मोवाइल नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट १४८ र हिमाल एकेडेमीबाट २१ वटा मोवाईल नियन्त्रणमा लिईएको छ।

यसैगरी, गढवाबाट २३ र घोराहीबाट ६ वटा मोवाईलसमेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

परीक्षा दिइरहेकै अबस्थामा मोवाईल भेटिएकाले नियन्त्रणमा लिइएको उनको भनाई छ। केसीका अनुसार ति मोवाईलहरु परीक्षा सकिएपछि मात्रै विद्यार्थीहरुलाई फिर्ता गरिएको छ ।