लमहीमा मानव अधिकार शिक्षा कार्यक्रम

२०८२ श्रावण ३०
दाङ लमहीस्थित जैन्द्र बोर्डिङ स्कुल मा Amnesty International र Nirasij Foundation Nepal ले Arambha Project Team को सहकार्यमा कलेज स्तरका १२० भन्दा धेरै विद्यार्थीहरूलाई लक्षित गर्दै मानव अधिकार तथा शिक्षा कार्यक्रम सम्पन्न गरेका छन्।
यस अभियानले विद्यार्थीहरूलाई मानव अधिकारका आधारभूत अवधारणा, व्यक्तिगत स्वतन्त्रता, समानताको सिद्धान्त तथा अधिकारको संरक्षणका उपायबारे स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्नु रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले समूहगत छलफल, अन्तरक्रियात्मक गतिविधि र अभ्यासात्मक कार्यमार्फत मानव अधिकारका विविध पक्षबारे बुझ्ने अवसर पाए।
प्रशिक्षकहरूले अधिकारसँगै जिम्मेवारीको महत्त्वलाई विशेषरूपमा जोड दिँदै विद्यालय र समुदाय स्तरमा मानव अधिकारको सम्मान र प्रवर्द्धनका लागि युवाहरूको भूमिकाबारे प्रेरणादायी उदाहरणहरू प्रस्तुत गरेका थिए ।
आयोजकका अनुसार, “युवाहरूको सचेत सहभागिता बिना समाजमा दीगो परिवर्तन सम्भव छैन। यस अभियानले उनीहरूलाई ज्ञान मात्र होइन, आफ्नो अधिकार र कर्तव्यबारे सजग र सक्रिय हुन प्रेरित गरेको जानकारी दिनुभएको छ ।”