बोतलको पानीमा किरा भेटिएपछि दाङको Aqua Demand पानी उद्योग सिल

दाङमा बोतलको पानीमा किरा भेटिएपछि दाङको Aqua Demand पानी उद्योगमा सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका कर्मचारी सम्मिलित अनुगमन टोलीले तुलसीपुर उपमहानगर नगरपालिका १९ बिजौरीमा रहेको Aqua Demand नामक एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।केही दिन पहिला बोतलको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, जिल्ला प्रशासन कार्यालयका सहायक सीडियो,अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली पत्रकार र स्थानीय लगायतको टोलीले डायनॉमिक वाटर एन्ड वेभरेज प्रालीको उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा गएको थियो । त्यस क्रममा पनि बोतलमा लेभलिंग राम्रो संग नगरेको भेटिएपछि पानी उत्पादन केन्द्रमा बिक्री/बितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय दाङकाले जनाएको छ