दाङ एक्सपो जबरजस्ति चलाए प्रहरी पठाएर बन्द गराउछौ- प्रजिअ सुवेदी

८ फागुन, घोराही । दाङको घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ को समयाबधि थप नभएपछि जबरजस्ति आयोजक सस्था दाङ चेम्बर अफ कमर्शले एक्सपो चलाउने भनेर प्रचार गरेपछि जिल्ला प्रशासन कार्यालय दाङले त्यसलाई रोक लगाउने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारि रामबन्धु सुबेदिले जबरजस्ति कार्यक्रम चलाउन खोजे बन्द गरिने बताए । उनले एक्सपो रोक्न प्रहरीलाई निर्देशन दिइ सकेको बताए । स्थानिय प्रशासनको अनुमती नलिई कसैले कार्यक्रम चलाउन नपाउने भन्दै अनुमती नलिइ चलाउने कार्यक्रमको प्रहरी पठाएर रोकिने उनले बताए । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बिकास अग्रवालको हवाला दिदै सामाजिक सन्जालमा कार्यक्रमको म्याद थपिएको भनेर प्रचार गरिएको थियो । प्रजिअ सुबेदिले एक्सपो सन्चालन गर्न थप समय नदिएको र अनुमती नदिएको पनि बताए ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा माघ २३ गतेदेखि सुरु भएको थियो । १५ दिन लामो एक्सपोको आज सकिएको हो ।
केन्द्रिय कलाकारको प्रस्तुतीसंगै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्यसंगै स्थानीय कलाकारको प्रस्तुतीपनि रहदै आएको थियो ।
फागुन ८ गतेसम्म चलेको एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको थियो । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको थियो ।