महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु निर्वाचनमा स्वतन्त्र समूहलाई रोकावट,विरोधमा प्रेस विज्ञप्ति

२७ फाल्गुन, दाङ – महेन्द्र बहुमुखी क्याम्पस, घोराही,दाङमा हुने विद्यार्थी संघको निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ। नेपाल स्वतन्त्र विद्यार्थी समुहलाई उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै कडा आपत्ति जनाएका छन्।
समुहका अनुसार उनीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्न योजनाबद्ध रूपमा अवरोध गरिएको नेपाल स्वतन्त्र विद्यार्थी समूहद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा निर्वाचन समितिले स्वच्छ प्रतिस्पर्धा हुन नदिन विभिन्न अवरोध खडा गरेको आरोप लगाइएको छ।
समूहका संयोजकका अनुसार मेलमिलापको नाममा राजनीतिक भागबण्डा गरिएको छ, जुन उनीहरूलाई स्वीकार्य नभएको बताएका छन्।
“हाम्रो लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोजिएको छ। हामी कुनै पनि स्वार्थपूर्ण सम्झौता स्वीकार गर्दैनौं,” समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, उनीहरूले विद्यार्थी राजनीतिलाई दलीय भागबण्डाको शिकार नबनाउन आग्रह गरेका छन्।
स्वतन्त्र समूहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन भने आवश्यक परे कानुनी तथा लोकतान्त्रिक माध्यमबाट आफ्नो अधिकार खोज्ने चेतावनीसमेत दिएका छन्।
निर्वाचन समितिले भने यस विषयमा अहिले कुनै पनी आधिकारिक प्रतिक्रिया दिएको छैन।