एभरेष्ट इङ्लिस स्कुलको परिसर भित्र प्याकेजिङ्ग जङ्क फुड बन्द

एभरेष्ट इङ्लिस स्कुलको परिसर भित्र प्याकेजिङ्ग जङ्क फुड बन्द

दाङ, फागुन १० घोराहीमा रहेको एभरेष्ट इङ्लिस स्कुलको बिद्यालय परिसर भित्र प्याकेजिङ्ग फुड्स अर्थात बिस्कुट, चाउचाउ, चिप्स जस्ता जङ्क फुड पुर्ण रुपमा निषेधित गरिएको छ। -साना नानीबाबूहरुको लागि प्लास्टिक प्याकेटमा बन्द गरिएका प्रशोधितजङ्क फुड कति हानिकारक हुन्छन त्यो भनिरहनु नपर्ला

-साना नानीबाबुको स्वास्थ्यमा मात्र नभइ हाम्रो पर्यावरणलाई समेत प्लास्टिकजन्य फोहोरले दिर्घ रोगी बनाउँदछ भने हाम्रो वरिपरिको वातावरण समेत कुरुप हुन्छ यसर्थ  बालबालिकाको लागि स्वस्थभोजन पर्यावरण मैत्री सामाजिक उत्तरदायित्वको हाम्रो यस अभियानमा तपाइँ सम्पुर्ण अभिभावकज्युहरुको पुर्णतः सहयोग सहकार्यहुन्छ भन्नेमा हामी बिश्वस्त छौँ

एभरेष्ट इङ्लिस स्कुल परिवार 

घोराही -१५ दाङ