लालीगुराँस युवा क्लबको २७औं वार्षिक उत्सव वैशाख ५ देखि १० गतेसम्म

लालीगुराँस युवा क्लबको २७औं वार्षिक उत्सव वैशाख ५ देखि  १० गतेसम्म

विकाश  खड्का

रोल्पा  – परिवर्तन गाउँपालिका-३, इरिबाङ, रोल्पामा रहेको लालीगुराँस युवा क्लबले आफ्नो २७औं वार्षिक उत्सव यहि २०८२ वैशाख ५ गतेदेखि १० गतेसम्म भव्य रूपमा मनाउने भएको छ। क्लबले नव वर्ष २०८२ को अवसर पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सहित उत्सव मनाउने तयारी गरेको हो।

उक्त अवसरमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, युवा क्लब, सरकारी तथा गैरसरकारी संघ-संस्था, खेलाडी, खेलप्रेमी, कलाकार, शिक्षक, विद्यार्थी लगायत समुदायका विभिन्न समूहहरूको उल्लेखनीय सहभागिता रहने क्लबले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन झाँकी प्रदर्शन, पञ्जेबाजा, पैसेरु नाच लगायतका सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिएको छ। क्लबका पदाधिकारीहरूका अनुसार वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न तयारीहरू तीव्र पारिएको छ।

उक्त अवसरमा सम्पूर्ण महानुभावहरूलाई सहभागिता जनाइ कार्यक्रमलाई सफल पारिदिन क्लबले हार्दिक निमन्त्रणा गरेको छ।