एमालेमा संकट: भीम रावललाई समर्थन गर्दै सुदूरपश्चिमका ५९ कार्यकर्ताको सामूहिक राजीनामा

एमालेमा संकट: भीम रावललाई समर्थन गर्दै सुदूरपश्चिमका ५९ कार्यकर्ताको सामूहिक राजीनामा

काठमाडौँ २०८१ माघ ७

नेकपा एमालेबाट निस्कासित नेता डा. भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। उनीहरूले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन्।

सामूहिक राजीनामा दिने कार्यकर्ताहरूले प्रेस विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावललाई पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश, र तानाशाही निर्णय भएको भन्दै विरोध र भर्त्सना गरेका छन्।

पार्टी छोड्नेहरूमा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्टलगायत छन्।

उनीहरूले पार्टी नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्