धरानका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौंमा

धरानको खानेपानी समस्या समाधानका लागि खाली गाग्री बोकेर मेयर काठमाडौंमा

धरानका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौंमा

काठमाडौं २०८१ माघ ७। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको खानेपानी समस्या समाधानका लागि खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारलाई दबाब दिन काठमाडौं आएको बताए।

यसअघि, हिजो उनले धरानको भानुचोकमा समर्थकहरू भेला पारेर खाली गाग्रीसहित प्रदर्शन गरेका थिए। साम्पाङले सरकारसँग धरानवासीको खानेपानी समस्याबारे पहल गर्न आग्रह गर्दै भने, “सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्नुपर्छ।”

उनले भोलि सिंहदरबार पुगेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई खाली गाग्री बुझाएर समस्याबारे ध्यानाकर्षण गराउने बताएका छन्।