ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी

६ फागुन, । विभिन्न प्रदेशले सवारी चालक
अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी
प्रयोग गर्न दिएको दाबी गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले
शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक
व्यवस्था हटाउन भनेपछि विभिन्न प्रदेशहरुले यसअघि नै यस्तो
व्यवस्था लागु भइसकेको दाबी गरेका हुन् । केही प्रदेशले भने
अहिले सूचना निकालेर यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएका
छन् ।