चितवनमा युवकलाई कुट्ने असई निलम्बनमा

चितवनमा युवकलाई कुट्ने असई निलम्बनमा

चितवन- युवकलाई निर्घात कुटपिट गरेका नेपाल प्रहरीका असई प्रहरी निलम्बनमा परेका छन्।असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महत्तोले जानकारी दिए ।

घटना पुस १५ गते राति १० बजेर १० मिनेटमा चितवन भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।