दाङमा पर्यटन पत्रकार महासंघको नयाँ नेतृत्व चयन, पर्यटन प्रवर्द्धनमा सक्रियता बढाउने लक्ष्य

२०८१ कार्तिक-११ आइतबार
आज दाङको घोराहीमा सम्पन्न नेपाल पर्यटन पत्रकार महासंघ, दाङको दोस्रो जिल्ला अधिवेशनले पत्रकार प्रकाश चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
महासंघका दाङ अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पर्यटन पत्रकार महासंघका संस्थापक महासचिव केशरमान बुढाथोकी, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल लगायतका विशिष्ट व्यक्तिहरूले पर्यटन प्रवर्धनमा पत्रकारिताको भूमिका बारे आफ्नो धारणा राख्नु भएको थियो ।
अधिवेशनमा सहभागीहरूले दाङ क्षेत्रको पर्यटन प्रवर्द्धन, पर्यटन पत्रकारिताको विकास, र स्थानीय पर्यटन सम्भावनाको पहिचानमा जोड दिएका थिए। नयाँ कार्य समितिले पर्यटन प्रवर्द्धनमार्फत जिल्लाको आम्दानी वृद्धि र रोजगारी सिर्जना गर्नेमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा प्रमुख पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने र पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्त्वमा जोड दिएको थियो।
अधिवेशनले चयन गरेको नयाँ कार्य समिति निम्न अनुसार रहेको छ
• अध्यक्ष: अभिषेक बोहरा
• उपाध्यक्ष: सचिन भुसाल
• महिला उपाध्यक्ष: स्वस्तिमा एमसी
• सचिव: सुदन पौडेल
• सह-सचिव: माहेन्द्र पाण्डेय
• कोषाध्यक्ष: पूर्ण गिरी
• सदस्यहरू: हेमन्त पोख्रेल, भरत रोका मगर, मनोज बुढा मगर, कौशल थापा, पुष्प सुवेदी, भूमिका डाँगी, नगेन्द्र चौधरी रहेका छ्न ।
कार्यक्रममा दाङका प्रमुख पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने योजनाहरू पनी प्रस्तुत गरिएको थियो।