घोराही हार्डवेयर तथा पेन्ट व्यवसायीहरूको चौथो साधारण सभा सम्पन्न

दाङ, २०८१ चैत्र २ । घोराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिको चौथो साधारण सभा आज घोराहीमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष दामोदर के.सी.को अध्यक्षतामा सम्पन्न सभामा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा सगरमाथा सिमेन्ट दाङ जिल्ला डिस्ट्रीब्युटर अभ्यास बुढाथोकी, सोनापुर सिमेन्टका प्रतिनिधि बिरेन्द्र खड्का तथा अन्य अतिथि एवं व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन सोनापुर सिमेन्ट, पञ्चकन्या पाइप फिटिङ, ओम शिवम् पाइप फिटिङ, नेपाटप सेल्स प्रा. लि., मार्बल पाइप फिटिङ, डल्फिन पाइप फिटिङ लगायतका डिलर तथा प्रोप्राइटरहरूले आर्थिक सहयोग गरेका थिए।
समितिका सल्लाहकार फनिराज पोख्रेल, दिपक श्रेष्ठ, कार्यसमिति उपाध्यक्ष अमरराज भुसाल, सचिव किरण किशोर रेग्मी, कोषाध्यक्ष पदमप्रसाद भण्डारी, सहसचिव इमान शर्मा तथा सदस्यहरू गोकर्ण पाण्डेय, समिर पन्त, समिर घिमिरे, पहलमान थापा, भरत के.सी., बलदेव योगी लगायत अन्य व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष दामोदर के.सी.ले उपस्थित सम्पूर्ण अतिथि, व्यवसायी तथा सहयोगी पक्षलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीहरूको हकहितको संरक्षणका लागि समितिले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।