लाली गुराँस युवा क्लबमा नयाँ नेतृत्व, हिरालाल खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन

लाली गुराँस युवा क्लबमा नयाँ नेतृत्व, हिरालाल खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन

बिकास खड्का

पौष २२ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका- ३ बागमारा रहेको लाली गुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न भएको छ।

आइतबार बागमारामा सम्पन्न भएको अधिवेशनले हिरालाल खड्काको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा पूर्णबहादुर बुढा र दिपेन्द्र चन्द, सचिवमा मदन डाँगी, सहसचिवमा खुम केसी र कोषाध्यक्षमा चित्रबहादुर केसी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मधुकर चन्द, खुम रिजाल, अनिल पुन, शेर बहादुर बुढा , निर्मला डागी , रेशम थापा, रमेश बुढा, रेखा बिक, अनिता थापा र आकाश पुनमगर चयन भएका हुन् ।

क्लबका कार्यबाहक अध्यक्ष हिरालाल खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभाग सदस्य सचिव विश्वकुमार चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

क्लबका सदस्य अनिल पुनमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्लबका सदस्य खुम रिजालले गरेका थिए ।