१४ वर्षीय सक्सेसको एयरपोर्टमा जहाज उडाउने सपना पूरा

दाङ । सोमबार तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टबाट जहाजले उडान भर्यों। केही बेर एयरपोर्ट परिसरकै आकाशमा फन्को मारेको जहाज पुनःसोही ठाउँमा अवतरण भयो । उपस्थित सबैले ताली बजाए । १४ वर्षीय सक्सेस जिसीको जहाज उडाउने सपना पूरा भयो । किनभनेउहाँले बनाएको नमूना जहाजले उडान र अवतरणमा सफलता पायो ।
इञ्जिनियरिङ साइन्समा रुची राख्ने जिसी गुरुकूल एकेडेमी घोराहीको कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । यसअघि तीनवटा नमूना जहाजबनाए पनि सफलता नमिलेका जिसीले पुनः दुई महिना लगाएर तयार गरेको जहाजले उडान र अवतरणमा सफलता पाएपछि उत्साहितभएको जिसीले सुनाउनुभयो । ‘विद्यालयमा इञ्जिनियरिङ साइन्समा रुची भएका केही साथीले ‘इनोभेसन क्लब’ गठन गरेका छौं ।क्लबमार्फत साथीहरु मिलेर अन्य विभिन्न खालका वस्तुहरुको नमूना बनाएर सफलता पनि पाएका छौं तर यो जहाज मैले एक्लै निर्माणगरेको हुँ’– उहाँले भन्नुभयो– ‘पटक–पटक निर्माण गरेको जहाजबाट सफलता पाउन सकिनँ तर सरहरुसँगको सल्लाह, आफूले गर्नुपर्नेखोज र मेहेनतलाई निरन्तरता दिएँ । अन्ततः सफलता मिल्यो । अब यसलाई अझ ठूलो क्षमताको कसरी बनाउने भन्ने तर्फ मेरो खोजी हुन्छ ।’