पतञ्जली योग समिति नारायणपुरले गर्यो ३० परिवारलाई न्यानो कपडा वितरण

पतञ्जली योग समिति नारायणपुरले  गर्यो  ३० परिवारलाई न्यानो कपडा वितरण

माघ १ दाङ

पतञ्जली योग समिति नारायणपुरले १० औं राष्ट्रिय योग दिवस २०८१ विभिन्न कार्यक्रमहरूका साथ मनाएको छ। १० औं राष्ट्रिय योग दिवसको अवसरमा समितिले समाजसेवामा योगदान दिने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा आर्थिक रूपमा कमजोर करिब ३० परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो। पतञ्जली योग समितिका अध्यक्ष दानबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाह प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

न्यानो कपडा पाएका परिवारहरूले समितिको यस कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा समितिले योगको महत्त्वबारे पनि जनचेतना फैलाउने प्रयास गरेको थियो।