मदन भण्डारी मेमोरियल स्कुलको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

२० माघ, घोराही – मदन भण्डारी मेमोरियल स्कुलले आफ्नो २२औँ वार्षिकोत्सव कार्यक्रम आज भव्य रूपमा सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका- १७ गुलरीयास्थित स्कुल प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल विमल भण्डारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश,उर्जा ,जलस्रोत तथा सिचाईमन्त्री माननीय सिता चौधरी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डी.सी. रहनुभएको थियो
त्यसैगरी, आमन्त्रित अतिथिहरूमा घोराही उपमहानगरपालिकाको वडा नं. १७ का वडा अध्यक्ष रामलौटन चौधरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव कुमार आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, शिक्षा प्रतिष्ठानका सदस्य घनश्याम वली, प्याब्सन दाङका जिल्ला अध्यक्ष निर्मल न्यौपाने, प्याब्सन घोराही नगर कमिटी अध्यक्ष बालकृष्ण वली, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम चौधरी, लुम्बिनी क्वाकिङ्डो संघका अध्यक्ष तथा वडा खेलकुद समिति अध्यक्ष दुर्गा खत्री, अभिभावक प्रतिनिधि तथा प्रा.वि. क्वाडी व्यवस्थापन समिति अध्यक्ष रेवन्ता पुन, प्रा.वि. क्वाडीका प्रधानाध्यापक खडक वली, गोरक्षा रत्ननाथ मा.वि. का प्रधानाध्यापक सेमलाल मल्ल,शिक्षक अभिभावक संघ सदस्य रामबहादुर के.सी. युथ अफ दाङका पत्रकार सुदन पौडेल , चुनु व्लगका संचालक सचिन भुसाल, तथा डान्सरहरू सुलभ पौडेल र नलिना थापा मगर लगाएतको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा अबिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यार्थीहरूले नेपाली लोकसंस्कृतिको झल्को दिने नृत्य, गीत, र विभिन्न सांगीतिक प्रस्तुतिहरू प्रस्तुति गरेका थिए । अतिथिहरूले विद्यालयको प्रगतिमा खुसी व्यक्त गर्दै अझ प्रभावकारी शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।