महेन्द्र बहुमुखी क्याम्पस दाङको ६५औं वार्षिकोत्सव समारोह सम्पन्न

सुदन पौडेल
२०८१ पौष १४
दाङ, महेन्द्र बहुमुखी क्याम्पस, दाङको ६५औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण, नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनोज डि.सी.ले गर्नुभएको थियो।
समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेशकी पूर्व सचेतक तथा प्रदेश सभा सदस्य निमा गिरी, महेन्द्र बहुमुखी क्याम्पस दाङका प्रमुख भारत राज न्यौपाने, पूर्व स्ववियु सभापति प्रकाश श्रेष्ठ तथा प्राध्यापकहरू सुन्दर गौतम, दिनेश भट्टराई, शंकर धिताल, नवराज सुवेदी, यम डाँगी, बालकृष्ण डाँगी, प्रविण डाँगी लगायत सहभागी हुनुहुन्थ्यो।
लोकदोहोरी गायक कृष्ण रयाउले, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र युथ अफ दाङका पत्रकार सुदन पौडेलले, मेरो दाङ एचडीका पत्रकार अनुप आचार्यले पनि कार्यक्रमा आफ्नो उपस्थिति जनाउनु भएको थियो।
कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव बसन्त भण्डारीले गर्नुभएको थियो। यस समारोहले क्याम्पसको शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गराउँदै विद्यार्थीलाई थप प्रेरणा दिने उद्देश्य बोकेको आयोजकले जनाएका छन्।