महेन्द्र वहुमुखी क्याम्पसमा रमाइलोका लागी सुतलि वम पड्काए

महेन्द्र वहुमुखी क्याम्पसमा रमाइलोका लागी सुतलि वम पड्काए

दाङ, भदौ ६। दाङको घोराही स्थित महेन्द्र वहुमुखी क्याम्पसमा शंकास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट पुगेको प्रहरी टोलिले सुतलि वम जस्तो देखीने शंकास्पद बस्तु फेला परेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपि राम प्रसाद तिमल्सिनाले क्याम्पसमा शंकास्पद बस्तु फेला परेको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मोटरसाइकीलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा आएर सुतलि वम पड्काएर भागेको र उनिहरुलाई भाग्नेक्रममा पक्राउ गरेको उनले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा प्लस टु सकेका अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । उनिहरु दुवै जना घोराही निवासी रहेको र पक्राउ परेका विरुद्ध घटना वारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाले रमाइलोका लागी वम पड्काएको स्विकार गरेको प्रहरीलाई वयान दिएका छन् । सुतलि वमजस्तो मानिने शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनासंग पनि सम्पर्क भइरहेको प्रहरीले जनाएको छ।