माबी सौडियारमा प्लस टु सन्चालनलाई निरन्तरता दिन बृहत बैठक सम्पन्न, दरबन्दीको माग

माबी सौडियारमा प्लस टु सन्चालनलाई निरन्तरता दिन बृहत बैठक सम्पन्न, दरबन्दीको माग

२०८१ कार्तिक-७: घोराही ७ मा रहेको माबी सौडियारको प्लस टु सन्चालनका लागि आज बृहत बैठक सम्पन्न भएको छ। यस बैठकमा राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू, अभिभावक, र शिक्षकहरूको उपस्थिति रहेको थियो। बैठकले विभिन्न निर्णयहरू गर्दै प्लस टुको पठनपाठन कुनै पनि हालतमा बन्द हुन नदिन पहल गर्ने निर्णय गरेको छ।

प्लस टुको स्थायी दरबन्दी प्राप्त गर्न वडा अध्यक्ष खोपिराम चौधरी मार्फत घोराही नगरपालिकाका प्रमुखसँग माग गर्ने कुरा पनि बैठकमा उठाइएको छ। बिद्यालयले शैक्षिक प्रमाणपत्र सम्बन्धी शुल्क अभिभावकको सहमतिमा स्वेच्छिक सहयोगस्वरूप लिने र प्लस टुको पढाइ चुस्तदुरुस्तरूपमा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

हाल, बिद्यालयको आन्तरिक स्रोत कमजोर रहेको र माध्यमिक तह (कक्षा ९ देखि १२) को लागि अपुग दरबन्दीको समस्या रहेको हुँदा नगर प्रमुखलाई दरबन्दी थप्न आग्रह गर्ने निर्णय भएको छ। प्रधानाध्यापक नन्दबहादुर वलीले दरबन्दीको व्यवस्था नभएमा प्लस टु सन्चालन गर्न असम्भव हुने जानकारी दिए।