विश्वविद्यालय किताबी ज्ञान मात्रनभइ व्यबहारिक ज्ञानमा केन्द्रीत हुनु पर्छ :प्रा.डा.चित्र बहादुर बुढाथोकी
चैत्र २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले विश्वविद्यालयहरू किताबकाे ज्ञान मात्र पढाउने नभइ व्यवहारिक ज्ञान दिने कार्यमा केन्द्रीत हुनु पर्ने बताएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेशकाे त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको चाैथाे प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा उनले आज विश्वविद्यालयमा पढाउने प्राध्यापक प्राध्यापक जस्तो नभएको, विद्यार्थी विद्यार्थी जस्तो नभएको, विश्वविद्यालयहरू किताबी ज्ञानमा मात्र केन्द्रित भएकोले उच्च शिक्षामा राम्रो उपलब्धि हासिल गर्न नसकिएको कुरा उल्लेख्य गर्दै विश्वविद्यालयहरू व्यबहारिक शिक्षामा केन्द्रीत हुनु पर्ने विषय बताउनु भएको थियोे ।
उहाँले विद्यार्थी भर्ना राम्राे देखिए पनि अध्ययन गर्न आउने विद्यार्थी घटदै गइरहेको, शिकाइ केन्द्रित शिक्षामा कमि भएको, विद्यार्थी, शिक्षाक र प्राध्यापक विश्वविद्यालयकाे नभएर अलग अलग पार्टीको भएकोले शिक्षा क्षेत्रमा विग्रिरहेकाेमा चिन्ता व्यक्त गर्नु भएको थियोे । साथै विश्वविद्यालय विश्वविद्यालयहरूमा राम्रो शैक्षिक वातावरणमा पठन पाढन हुने, विश्वका अलग अलग विचारहरूमा बहस छलफल हुने गरेको तर हाम्रोमा भने त्याे वातावरण नै हुन नसकेको बताउनु भयो । उहाँले विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रमा गरिरहेकाे सकारात्मक कार्यले नेपालकाे शिक्षा क्षेत्रमा राम्रो सुधार ल्याउने विश्वस्त भएको बताउनु भयाे ।
त्यसैगरी उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवले नेपालकाे शिक्षा गलत दिशा तर्फ अगाडि बढिरहेकोले यसलाई नेपाली माटो सुहाउँदो किसिमले पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेकाे र हाम्रो इतिहास, भूगोल, महापुरूषहरूकाे बारेमा ज्ञान दिनु पर्ने, नैतिक र संस्कृत शिक्षालाई पुन लागू गरिनु पर्ने जस्ता विषयहरू बताउदै आजकाे युवा पुस्तालाई राष्ट्र पुन:निर्माणकाे दिशामा अगाडि बढन अग्रह गर्नु भएको थियो ।
त्यसै गरी अधिवेशनका स्वगत समिति अध्यक्ष एवम् महर्षी फाउन्डेसनका अध्यक्ष दिपक बास्काेटाले नेपालमा वैदिक शिक्षा, ज्ञान, विज्ञान, र याेगलाई आजकाे युवा पुस्तालाई सिकाउनु पर्ने आवश्यकता रहेकाेले त्यस दिशामा सबै मिलेर कार्य गर्नु पर्ने कुरा बताउनु भएको थियोे ।
विद्यार्थी परिषद्काे चाैथाे प्रदेश अधिवेशनकाे प्रस्ताव एवम् निर्वाचन सत्रबाट वाग्मती प्रदेश अध्यक्षमा पुनः वद्री प्रसाद काेइराला र प्रदेश सचिवमा मनिता देवकोटा निर्वाचित भएका छन् ।