महिला साफ च्याम्पियनसिपमा टिकट ब्ल्याकमार्केटिङ, रंगशाला बाहिर दर्शकको आक्रोश

महिला साफ च्याम्पियनसिपमा टिकट ब्ल्याकमार्केटिङ, रंगशाला बाहिर दर्शकको आक्रोश

१४ कार्तिक २०८१ -

आज साझा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि टिकट खरिद गर्न पुगेका हजारौं दर्शकलाई टिकट नपाएपछि उनीहरूले नाराबाजी र आक्रोश व्यक्त गरेका छन्। १५ हजार दर्शक क्षमता भएको रंगशालामा मात्र १० हजार टिकट बिक्रीमा राखिए पछि बाँकी ५ हजार टिकट हराएको भन्दै समर्थकहरूले ब्ल्याकमार्केटिङको आरोप लगाएका छन्।

दर्शकहरूका अनुसार, टिकट नपाउनेहरू बिच आक्रोश बढ्दै गएपछि केही समयका लागि असहज परिस्थिति पनि बनेको थियो। काउन्टरबाट टिकट सकिएको जानकारी दिए पनि उनीहरू लाइनमा बसिरहेका छन् ।