नेतृवोहीन निकाय द्वारा ध्यानकर्षण नहुदा युवाहरूको पहलमा ट्राफिक चोकमा जेब्रा क्रस निर्माण

नेतृवोहीन निकाय द्वारा ध्यानकर्षण नहुदा युवाहरूको पहलमा ट्राफिक चोकमा जेब्रा क्रस निर्माण

सुदन पौडेल

२०८१ पौष १० दाङ

नेतृवोहीन निकाय द्वारा ध्यानकर्षण नभएकाले यूट्यूबर सचिन भुषाल र Youth of Dang को आयोजनामा युवाहरूको एक समुहले घोराहीको ट्राफिक चोकमा जेब्रा क्रसको निर्माण गरेका छन्।

घोराहीमा जेब्रा क्रस नहुदा धेरै पैदल यात्री, बिधार्थी,आमजनताहरूले सस्ती भोगेकाले युवाहरुको अभियान मार्फत जनहितका लागी युवाहरू अग्रसर भएर सामजिक कार्यगरेर निक्कमा सरकारलाई निद्राबाट उठाउने प्रयत्न्न गरेका छन्।

यस कार्यले केवल पैदल यात्रीहरूको सुविधामा सुधार ल्याउने नभई, नेतृवोहीन निकायलाई पनि जागरुक बनाउने प्रयास गरेको छ। यस अभियानमा ट्राफिक प्रहरीको सहयोग उल्लेखनीय रह्यो भने यस कार्यमा साथ दिएका सम्पूर्ण साथीहरूलाई धन्यबाद व्यक्त गरेका छन्।