घोराहीमा ‘निर्मल क्लिननेस प्रा.लि.’ को स्थापना, सरसफाइ सामग्री उत्पादन र पर्यावरण संरक्षणमा योगदान

घोराहीमा ‘निर्मल क्लिननेस प्रा.लि.’ को स्थापना, सरसफाइ सामग्री उत्पादन र पर्यावरण संरक्षणमा योगदान

सुदन पौडेल

दाङ  २०८१ पौष १३ 

दाङको घोराहीमा १० जना युवाको सहकार्यमा निर्मल क्लिननेस प्रा.लि. नामक सरसफाइसँग सम्बन्धित उद्योग स्थापना भएको छ। करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस उद्योगले ट्वाइलेट क्लिनर (हार्पिक), फिनायल, डिस वास, ह्यान्डवास जस्ता सरसफाइ सामग्री उत्पादन गर्दै आइरहेको छ।

यसका साथै, कम्पनीले कवाड संकलन र प्रशोधन गरेर आम्दानीका अवसर सिर्जना गर्नुका साथै वातावरणीय संरक्षणमा समेत योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

स्थानीय युवाहरूको सहकार्यमा स्थापित यो कम्पनीले यस क्षेत्रका उपभोक्तालाई गुणस्तरीय सरसफाइ सामग्री उपलब्ध गराउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। यस कम्पनीले उद्योग र वातावरण संरक्षणको समन्वयलाई प्राथमिकता दिँदै आफ्नो गतिविधि अगाडि बढाइरहेको छ।