समाज परिवर्तन युवा समूहको ११औं वार्षिकोत्सव खेलकुद र सांस्कृतिक कार्यक्रमसहित धुमधामले मनाइने

२०८१ असोज ३०: रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ३ केवोरीमा रहेको समाज परिवर्तन युवा समूहले आफ्नो ११औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। “समुन्नत समाज निर्माणमा युवा बुद्धिजीवी एकजुट भई परिवर्तनका लागि अगाडि बढौँ” भन्ने मूल नाराका साथ आउँदै गरेको विजया दशमी तथा शुभदीपावलीको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुँदैछ।
वार्षिकोत्सवको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ, जसमा कार्तिक २१ गते देखि २४ गतेसम्म साविक वडा स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता, एकल नृत्य, खुला लोक दोहोरी प्रतियोगिता जस्ता कार्यक्रमहरु समावेश गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी, र स्थानीयहरुलाई उपस्थित भई दिनका लागि अनुरोध गरिएको छ।