भिक्टोरिया इन्टरनेशनल कलेज दाङमा बीबीएतर्फको खेलकुद सप्ताह सुरु

२०८१ पौष १३
दाङको घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा बीबीए कार्यक्रम अन्तर्गतको खेलकुद सप्ताह सुरु भएको छ। आज एक औपचारिक कार्यक्रममार्फत सप्ताहको उद्घाटन गरिएको हो।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सचिव जे.एन. सागर, पूर्व अध्यक्ष दुर्गालाल केसी, र गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम आयोजक विस्डम ग्रुपका कक्षा प्रतिनिधि स्वस्तिका चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रसन्ना बस्नेतले गर्नुभएको थियो। आजै सम्पन्न मिनी म्याराथन दौडमा छात्रातर्फ स्वस्तिका चौधरी र छात्रतर्फ प्रीयल बुढा प्रथम हुनुभएको छ।