जनज्योति विद्यामन्दिरले गर्यो ७ लाख रुपैयाँ फिर्ता, अन्य विद्यालयले रकम फिर्ता नगरे आन्दोलनको चेतावनी

मंसिर १९, दाङ – घोराहीस्थित जनज्योति विद्यामन्दिरले छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूबाट नियमविपरीत लिएको शुल्क फिर्ता गरेको छ। विद्यालय प्रशासनले कुल ७ लाख ११ हजार २ सय ५० रुपैयाँ फिर्ता गरेको जनाएको छ।
छात्रवृत्ति नियम अनुसार शुल्क नलिनुपर्ने विद्यार्थीहरूसँग शुल्क लिएको विषयमा समाचार सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघको चासो र अभिभावकहरूको दबाबका कारण रकम फिर्ता गरिएको हो। विद्यालयले भविष्यमा यस्ता घटनाहरू नदोहोरीने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल विद्यार्थी संघले भने घोराहीका अन्य विद्यालयहरूमा पनि नियमविपरीत शुल्क लिइएको बताउँदै, गोरखा मावि, माउन्ट भ्यु, सिद्धार्थ मावि, गुरुकुल, र ज्योतिपुञ्ज स्कुलले हालसम्म रकम फिर्ता नगरेको जनाएको छ।
संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले पत्रकार सम्मेलनमार्फत ती विद्यालयहरूलाई एक हप्ताभित्र रकम फिर्ता गर्न चेतावनी दिएका छन्। रकम फिर्ता नभए दबाबपूर्ण आन्दोलन गर्ने तयारी भइरहेको उनले बताएका छन्