एभरेष्ट इङ्लिस स्कुलको परिसर भित्र प्याकेजिङ्ग जङ्क फुड बन्द

दाङ, फागुन १० । घोराहीमा रहेको एभरेष्ट इङ्लिस स्कुलको बिद्यालय परिसर भित्र प्याकेजिङ्ग फुड्स अर्थात बिस्कुट, चाउचाउ, चिप्स जस्ता जङ्क फुड पुर्ण रुपमा निषेधित गरिएको छ। स-साना नानीबाबूहरुको लागि प्लास्टिक प्याकेटमा बन्द गरिएका प्रशोधितजङ्क फुड कति हानिकारक हुन्छन त्यो भनिरहनु नपर्ला ।
स-साना नानीबाबुको स्वास्थ्यमा मात्र नभइ हाम्रो पर्यावरणलाई समेत प्लास्टिकजन्य फोहोरले दिर्घ रोगी बनाउँदछ भने हाम्रो वरिपरिको वातावरण समेत कुरुप हुन्छ । यसर्थ बालबालिकाको लागि स्वस्थभोजन र पर्यावरण मैत्री सामाजिक उत्तरदायित्वको हाम्रो यस अभियानमा तपाइँ सम्पुर्ण अभिभावकज्युहरुको पुर्णतः सहयोग र सहकार्यहुन्छ भन्नेमा हामी बिश्वस्त छौँ ।
एभरेष्ट इङ्लिस स्कुल परिवार
घोराही -१५ दाङ